२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

लेबनानमा दुई महिनाभन्दा कम समयमा २०० बढी बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ

ADV
मध्यान्ह
२०८१ मंसिर ४ गते १७:२०
लेबनानमा दुई महिनाभन्दा कम समयमा २०० बढी बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ

काठमाडौंः इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा २०० भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मंगलबार जनाएको छ ।

यो कहाली लाग्दो घटनाले चिन्ताजनक अवस्था देखा परेको जनाउँदै राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले बालबालीकाको मृत्यु र हिंसा रोक्न अत्यावश्यक रहेको बताए । उनका अनुसार लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक हजार एक सय बढी बालबालिका घाइते भएका छन् । हिज्बुल्लाहले गत वर्षको अक्टोबरमा गाजामा प्यालेस्टिनी उग्रवादी समूह हमासको समर्थनमा इजरायलमा रकेट प्रहार गर्न थालेको थियो ।

गत सेप्टेम्बर देखि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढलाई लक्षित गर्दै व्यापक अभियान सञ्चालन गरेको छ, यद्यपि केही आक्रमणले इरान समर्थित समूहको नियन्त्रण बाहिरका क्षेत्रहरूमा प्रहार गरेका छन् । इजरायलमा हिजबुल्लाहको आक्रमणबाट झडप सुरु भएदेखि लेबनानमा ३ हजार ५०१ जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।  

गत वर्षको अक्टोबरमा गाजामा युद्ध सुरु भएदेखि लेबनानमा कम्तीमा २३१ बालबालिकाको मृत्यु भएको एल्डरले बताए । लेबनानमा पनि गाजामा जस्तै डरलाग्दोे बालबालिकाको नरसंहार चलिरहेको बताउँदै उनले घरबारविहीन भएका लाखौं बालबालिकाहरू आधारभुत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा रहेको बताए ।  

लेबनानी अधिकारीहरूका अनुसार नोभेम्बर–१५ देखि २०० भन्दा बढी स्वास्थ्य कर्मचारीहरूको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्  । (एजेन्सी)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise