२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पाठकपत्र : रेकर्ड ब्रेक गर्ने चलचित्र ‘पूर्णबहादुरको सारंगी’

ADV
मध्यान्ह
२०८१ मंसिर ५ गते ०६:२०
पाठकपत्र : रेकर्ड ब्रेक गर्ने चलचित्र ‘पूर्णबहादुरको सारंगी’

-नरेन्द्रमान श्रेष्ठ

तिहारको अवसरमा पारेर प्रदर्शन गरेको चलचित्र ‘पूूर्ण बहादुरको सारंगी’ले व्यापारमा रेकर्ड ब्रेक गरेको छ । नेपालको चलचित्रको इतिहासमा अहिलेसम्मको सर्वाधिक व्यापार गरेको चलचित्र बन्न सफल भएको छ ‘पूर्णबहादुरको सारंगी ।’ 

यसभन्दा पहिले चलचित्र ‘कबड्डी कबड्डी ४’ सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको थियो । चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले दीपकराज गिरि र दीपाश्री निरौलाको ब्रान्डेड चलचित्र ‘छक्का पञ्जा’लाईसमेत पछाडि पारेको छ । चाडबाडमा चलचित्र प्रदर्शन गर्दा व्यापार बढी हुने गरेको बताउँछन् चलचित्रकर्मीहरू । यस कारणले पनि कलिउड होस् या बलिउडका चलचित्र निर्माता, चाडबाड पारेर आफ्नो चलचित्र प्रदर्शन गर्न मनपराउँछन् । 

चलचित्र राम्रो र स्तरीय हुुँदा प्रदर्शनका लागि दसैँ र तिहार कुुर्नु नपर्ने कतिपयको भनाइ छ । तर पनि केही चलचित्रका निर्माताहरूले भने चाडबाडमा नै चलचित्र प्रदर्शन गर्ने गरिरहेका छन् । यसपालिको दसैँ र तिहारको आसपासमा मात्र ५ वटा नेपाली चलचित्रहरू प्रदर्शन भएका छन् ।

दसैँ र तिहारको अवधिबाट ‘मेघौली फ्रम बेहुुली’, ‘छक्का पञ्जा– ५’, ‘१२ गाउँ’, ‘ज्वाइँ साहेब’, ‘पूूर्णबहादुरको सारंगी’ प्रदर्शनमा आएका थिए । यी ५ वटा चलचित्रहरूले राम्रो व्यापार गरेका देखिन्छ । चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले भने चलचित्र क्षेत्रमा रेर्कड नै ब्रेक गरेको भन्ने जानकारहरूको भनाइ छ । यस चलचित्रले दीपक र दीपाको ब्रान्डेड चलचित्र ‘छक्का पञ्जा’लाई नै ओझेलमा पार्‍यो भन्दा पनि फरक नपर्ला । 

‘पूूर्णबहादुरको सारंगी’ले नेपालमा एकै दिन ३८० शोसम्म पाएको भन्ने चर्चा छ । यो अहिलेसम्मको रेकर्ड भएको सरोकारवालाहरू बताउँछन् । कतिपयले धेरै वर्षपछि सिनेमा हलमा ब्ल्याकबाट टिकट बिक्री भएको भन्ने पनि चर्चा गरेका छन् । यस चलचित्रले चलचित्र चलाउन सानो बजेट र बिनास्टारकास्ट पनि चलचित्र हिट हुन सक्छ भन्ने प्रमाण दिएको छ । 

चलचित्र क्षेत्रमा विभिन्न विवादहरू देखिने विषय भने अहिले नौलो भने होइन । चलचित्र क्षेत्रमा समयसमयमा विवाद हुने गरिरहेको पाइन्छ । कतिपय जानकारहरूले नेपाली चलचित्र क्षेत्रले नयाँ ट्रेन्ड समातेको समेत भनाइ राखेका पाइन्छ । अहिलेसम्मको चलचित्रको व्यापारलाई हेर्ने हो भने यो वर्ष कलिउड चलचित्र क्षेत्रका लागि शुभ हुने देखिन्छ । 

एकै दिन ३÷३ वटा चलचित्रहरू प्रदर्शन भए पनि चलचित्रहरूले राम्रो व्यापार गरेका छन् । त्यसो त चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले बिग बजेटको बलिउड चलचित्र ‘सिंघम अगेन’लाई पनि माथ दिएको भन्ने पनि चर्चा छ ।

ADVADV

सम्बन्धित खबर

Advertise