२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

हिमालय लाइफ इन्स्योरेन्सद्वारा मृतक परिवारलाई १६ लाख रुपैयाँ प्रदान

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर ७ गते २१:०५
हिमालय लाइफ इन्स्योरेन्सद्वारा मृतक परिवारलाई १६ लाख रुपैयाँ प्रदान

रौतहट : हिमालय लाइफ इन्स्योरेन्सको गौर रौतहटको शाखाले जीवन बीमा गरेका एक मृतक परिवारलाई १६ लाख रूपैयाँ प्रदान गरेको छ । रौतहटको परोहा नगरपालिका–९ रामपुर टोल निवासी दशैलाल साहको परिवारलाई कम्पनीले सो रकम प्रदान गरेको हो । 

गत भदौ ५ गते खेतबारीमा पानी छर्नका लाग जाँदा बिजुली लाइनको करेन्ट लागेको थियो । गौर अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको थियोे । दशैलालले हिमालय लाइफ इन्स्योरेन्सबाट ५ लाखको जीवन बिमा गराएका थिए । 

जीवन बीमा गरेको सात महिना उनका ज्यान करेन्ट लागेर गएको थियो । जीवन बीमा कम्पनीले मृतकका श्रीमति सीता देवीलाई एक समारोहबीच ब्रान्च प्रमुख राहुल कुमारले हस्तान्तरण गरेका थिए । हिमालय लाइफ इन्स्योरेन्सका मार्केटिङ म्यानेजरकाअनुसार मृतक परिवारलाई दुई महिना भित्रमा इन्स्योरेन्सको बोनस र तीन गुणा रकम प्राप्त गराउन सफल भएको बताएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise