२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

बढ्यो सुनचाँदीको मूल्य 

मध्यान्ह
२०८१ मंसिर १४ गते १२:०९
बढ्यो सुनचाँदीको मूल्य 

काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ADV

सम्बन्धित खबर