काठमाडौँ : साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरू पक्राउ गरेका छन् । लागु औषध नियन्त्रण ब्यूरोले १५ करोड ७६ लाख बराबरको साढे ४ केजी कोकिनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतिय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी छन् ।
उनीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।