२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठले लिइन शपथ

ADV
मध्यान्ह
२०८१ मंसिर १८ गते १६:४२
काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठले लिइन शपथ

काठमाडौं : स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौं–१६ को वडाध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठले शपथ लिएकी छिन् । काठमाडौं महानगरपालिकार्का  मेयर बालेन शाहले मंगलवार नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका छन् ।

त्यस अवसरमा मेयर साहले वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेन शाहले बधाई दिए । मेयर शाहले बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेको मेयर बालेनका प्रमुख स्वकीय सचिवालयले जनाएको छ ।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।

काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise