काठमाडौं : गत कार्तिक महिनामा ४ दर्जनभन्दा केही बढी म्यानपावर कम्पनीले मात्र १०० भन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउन सकेका छन् ।
प्याराडाइज इन्टरनेसनल प्रा. लि. सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले कार्तिक एकै महिनामा ५७५ जना कामदार वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति लिएको छ । यस्तै, कार्तिक महिनामा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावरको दोस्रो सूचीमा सपोर्ट ह्युमन रिसोर्स प्रा. लि. (५०४ जना) र तेस्रोमा एसओएस म्यानपावर सर्भिस प्रा. लि. (४९१ जना) रहेको छ ।
अघिल्ला महिनाहरूमा मासिक ६ दर्जनभन्दा बढी म्यानपावर कम्पनीले मासिक १०० जनाभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउने गरेकामा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामदार घटेसँगै मासिक सयभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या करिब एक तिहाइ कमी आएको हो ।
यस वर्ष कार्तिक महिनामा म्यानपावर कम्पनीमार्फत २३ हजार ५५६ जना वैदेशिक रोजगारीमा गएका छन्, जुन अघिल्लो महिना असोजको भन्दा केही कम हो । असोजमा २४ हजार ३९१ जनाले श्रम स्वीकृति लिएका थिए ।
हाल युरोपेली मुलुकहरू र मलेसियाबाट नेपाली कामदारको डिमान्ड आएको छैन भने विश्वकप फुटबलपछि कतारबाट आउने डिमान्डमा पनि ठूलो गिरावट देखिएको छ ।
संस्थागत रूपमा जाने कामदारको संख्या पछिल्ला ४ महिनाको जस्तै निरन्तर कम हुने हो भने हाल क्रियाशीलमध्ये ठूलो संख्यामा रहेका म्यानपावर कम्पनीले इजाजतपत्र नवीकरणका लागि अनिवार्य गरिएको वार्षिक सय संख्या पुर्याउन नसक्ने देखिएको छ ।
कार्तिकमा सयभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनी :
प्याराडाइज इन्टरनेसनल प्रा. लि.– ५७५
सपोर्ट ह्युमन रिसोर्स प्रा. लि.- ५०४
एसओएस म्यानपावर सर्भिस प्रा. लि.– ४९१
नील कमल ह्युमन रिसोर्स प्रा. लि.– ४६५
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– ४५२
गल्फ म्यानपावर सर्भिसेज प्रा. लि.– ४१३
एयर किंग्स प्लेसमेन्ट प्रा. लि.– ३८७
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा. लि.– ३२४
इम्पावर हन्टर एचआर सोलुसन प्रा. लि.– ३१३
मदरल्यान्ड ओभरसिज प्रा. लि.– ३०४
साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रा. लि.– ३०३
अल हायात म्यानेजमेन्ट सिस्टम प्रा. लि.– २९६
कन्टिनेन्टल एचआरडी कन्सल्ट्यान्ट प्रा. लि.– २५२
शिखर इन्टरनेसनल म्यानपावर सर्भिसेज प्रा. लि.– २२२
एसिया पावर रिक्रुटमेन्ट कन्सल्ट्यान्ट प्रा. लि.– २१९
अक्सफोर्ड इन्टरनेसनल प्रा. लि.– २१८
स्टारिस एचआर सर्भिसेज प्रा. लि.– २०४
अल आसमाक्स कम्पनी प्रा. लि.– १८६
सिवाकोटी म्यानपावर सर्भिस प्रा. लि.– १८३
भिजन एन्ड भ्यालु ओभरसिज प्रा. लि.– १८१
सागर रिक्रुटमेन्ट प्रा. लि.– १७७
सान नेपाल प्रा. लि.– १६८
मास ह्युमन रिसोर्स प्रा. लि.– १६७
आयुश ओभरसिज प्रा. लि.– १६४
अल सेक्योर म्यानपावर रिक्रुटमेन्ट प्रा. लि.– १६२
द रिभर ओभरसिज प्रा. लि.– १६१
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा. लि.– १५६
रोटरी ओभरसिज प्रा. लि.– १५४
लुलु इन्टरनेसनल ओभरसिज रिक्रुटमेन्ट प्रा. लि.– १५१
थिंकबिज इन्टरनेसनल प्रा. लि.– १४८
एसआरके ओभरसिज नेपाल प्रा. लि.– १४१
इलाइट ह्युमन रिसोर्सेस प्रा. लि.– १३९
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा. लि.– १३९
लिडिङ म्यानपावर रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १३७
मारभेन जब प्रा. लि.– १३७
लगइन इन्टरनेसनल ओभरसिज रिक्रुटमेन्ट प्रा. लि.– १३४
नाइस रिक्रुटिङ एजेन्सी प्रा. लि.– १३३
अल एसिया ओभरसिज प्रा. लि.– १२३
रोयल इन्टरनेसनल ओभरसिज प्रा. लि.– १२१
टेल्सा ओभरसिज प्रा. लि.– १२१
पिरामिड इन्टरनेसनल सर्भिस प्रा. लि.– ११८
प्रोटेक नेपाल एम्प्लाइमेन्ट प्रा. लि.– ११४
कंचन ह्युमन रिसोर्सेज म्यानेजमेन्ट प्रा. लि.– ११३
इगल म्यानपावर कन्सल्ट्यान्ट प्रा. लि.– ११०
जब सिकर म्यानपावर प्रा. लि.– ११०
ब्राइटस्टार ह्युमन रिसोर्सेस प्रा. लि.– १०९
इस्टवेस्ट प्लेसमेन्ट सेन्टर इन्क प्रा. लि.– १०८
ओमेगा इन्टरनेसन प्रा. लि.– १०८
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा. लि.– १०७
दीपज्योति म्यानपावर सर्भिस प्रा. लि.– १०३
इम्रल्ड आइल्स नेपाल प्रा. लि.– १०२