२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

माओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

ADV
मध्यान्ह
२०८१ मंसिर १९ गते १६:०४
माओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले अध्यक्ष प्रचण्डसहित १८ जनालाई सम्मान गरेको हो ।

देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपु¥याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।

कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरूलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो ।  सम्मानित हुनेहरूमा तत्कालीन चार डेपुटी कमाण्डरहरू तथा शहीद, बेपत्ता परिवार र घाइते÷अपाङ्गहरु छन् ।

कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरू नन्दकिशोर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ र चक्रपाणि खनाल ‘बलदेव’ लाई पनि गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।

कोषले बागमतीका १३ जिल्लाबाट एक÷एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ । बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

अध्यक्ष प्रचण्डलाई संस्थाको तर्फबाट र अन्यलाई प्रचण्डको हातबाट ताम्रपत्र, पदक र दोसल्ला सहित सम्मान गरिएको हो ।

माओवादी जनयुद्धमा योगदान पु¥याएकाहरुलाई सम्मान गर्ने उद्देश्यले पौडेलको अध्यक्षतामा ‘गणतन्त्र सेनानी कोष’ बनाइएको छ । त्यही कोषले आज पहिलोपटक सम्मान कार्यक्रम गरेको हो ।


 

ADVADV

सम्बन्धित खबर

Advertise