२०८१ चैत ३० गते शनिवार / Apr 12 , 2025 , Saturday
२०८१ चैत ३० गते शनिवार
Ads

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ आफ्नै भवनमा

draupadi film
२०८१ मंसिर २० गते ०६:२०
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ आफ्नै भवनमा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय नयाँ भवनमा सरेको छ । तिलगंगास्थित एक होटलमा भाडामा रहेको संघको कार्यालय १९ मंसिर बुधबार राजधानीको सिफलस्थित आफ्नै भवनमा सरेको हो । सिफलमा ६ आना १ पैसा जग्गामा बनेको साढे ३ तले भवन संघ आफैंले खरिद गरेर सरेको हो । 

कार्यालय सारिने क्रममा बुधबार धार्मिक विधिअनुसार वास्तु पूजा गरिएको थियो । त्यस अवसरमा संघ कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार र केही पूर्वअध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायीहरूको उपस्थिति थियो । 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले संघ स्थापनाको ३२ वर्षको अवधिमा आफ्नै भवन नहुनुको पीडादायी अवस्थाको अन्त्य गर्न उपयुक्त स्थानमा भवन खरिद गरिएको जानकारी दिए । संघको आफ्नो भवन भएमा दैनिक कार्यालय संचालन, भावी योजना निर्माण र कतिपय नीतिगत छलफलमा समेत गुणात्मक परिवर्तन ल्याउन सकिने उनले बताए । 

भवन खरिद गर्न संघले ४ करोड ३० लाख रुपैयाँमा बैनाबट्टा गरेको र उक्त रकम जुटाई कानुनी प्रक्रिया पूरा गरेर राजीनामा पास गरी लिने अध्यक्ष भण्डारीले जानकारी दिए । उनले संघको कार्यसंचालन र व्यवसायीको प्रतिष्ठा अभिवृद्धिका लागि पनि संघको आफ्नै भवन हुनु जरुरी रहेको भन्दै साधन, स्रोत जुटाउन व्यवसायीलाई योगदानका लागि खुला आह्वान गरिएको समेत जानकारी दिए ।

हाल करिब १ हजार वैदेशिक रोजगार व्यवसायी क्रियाशील छन् । संघको भवन खरिदका लागि मध्यान्ह दैनिकले पनि १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको थियो । संघले भवन खरिदका लागि न्यूनतम १ लाखदेखि २० लाख रुपैयाँसम्म योगदान गर्ने व्यवसायीलाई विभिन्न सम्मान प्रदान गरिने बताएको छ । 

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालले संघको भवन खरिदका लागि ४७ लाख रुपैयाँ प्रदान गरेको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise