२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

Nada
२०८१ मंसिर २० गते १५:२६
Shares
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौ : माओवादी केन्द्रको विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । २३ र २४  मंसिरमा हुने तय भएको अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन स्थगित भएको हो । बिहीबार बसेको माओवादी केन्द्रका पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । 

ncell

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । २७ मंसिरमा बस्ने स्थायी समिति बैठकले सम्मेलनबारे निर्णय गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । उनले भने, ‘विद्यार्थी सम्मेलनको नयाँ मिति स्थायी समितिको बैठकले निर्णय गर्नेछ । यो एक हप्तामा विद्यार्थीको निर्वाचन आयोगले प्रतिनिधिको निक्र्योल गर्नेछ ।’ प्रतिनिधि कति हुन्, को को हुन् भन्ने नहुँदा कुर्सी हानाहानको अवस्था आएको उल्लेख गर्दै सचिव शर्माले भने, ‘त्यो नहोस् भनेर पहिला प्रतिनिधि निक्र्योल गरेर मात्र सम्मेलनको मिति तोक्ने निर्णय भएको छ ।’

यो एक हप्तामा निर्वाचन आयोगले प्रतिनिधिका बारेमा छलफल गर्ने र त्यसको सुझाव पार्टीलाई दिएपछि २७ गते स्थायी समिति बैठकले निर्णय गर्नेछ ।  क्रान्तिकारीमा उमेर हद लगाउने र नलगाउने विषयमा विवाद हुँदा सम्मेलन हलमा कुर्सी हानाहान भएको थियो ।  

यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किंदा स्थगित भएको थियो । विधानमा नै उमेर हद लगाउने कि न लगाउने भन्ने विषयमा विवाद हुँदा विधान पास हुन सकेको छैन । सम्मेलनबाट विधान पास गरेर नेतृत्वको छनोट गर्न २३–२४ मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने मिति तोकिएको थियो । 

ताजा खबर

सम्बन्धित खबर