काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो ।
मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गरे । खेलको ३८औँ मिनेटमा रेजिनले गोल गरेका हुन् । पहिलो हाफमा थ्री स्टार गोलरहित रह्यो । मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप एक गोल गर्यो । मछिन्द्रका लागि खेलको ९०औँ मिनेटमा विशाल राईले गोल गरेका हुन्।
जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ । मच्छिन्द्रले हालसम्म नौ खेलमा छ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो ।
यस्तै थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ । लिगअन्तर्गत मङ्गलबारका खेलहरु अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies