वीरगन्ज : पर्साको वीरगन्जमा २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । 'विविध स्वास्थ्य क्रियाकलापहरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ ससाज निर्माणमा सहभागिता' भन्ने नाराका साथ दिवस मनाइएको हो ।
दिवसको अवसरमा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा वीरगन्ज महानगरपालिका जनस्वस्थ्य प्रवर्द्धन शाखाले कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा बोल्दै उपप्रमुख आलमले महिला स्वयंसेविकाहरुलाई महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । महिला स्वयंसेविकाहरुको समाजमा ठूलो योगदान रहेको उनले बताए ।
कार्यक्रमको अध्यक्षता वीरगन्ज महानगरका जन स्वास्थ्य निरीक्षक अनिल कुमार यादवले गरेका थिए । कार्यक्रममा जन स्वास्थ्य निरीक्षक अनिल कान्त कुसवाहा, प.हे.न. अधिकृत मिरा यादव, ज.स्वा.नि. सुनिल कुर्मी, सि.अ.नि. इन्द्रा, आयुर्वेद अधिकृत रुपनारायण झा, म.स्वा.से.से. अध्यक्ष शर्मिला न्यौपाने, को.या.अ. रामबाबु,खुश्बु श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो ।
वीरगन्ज महानगरपालिकाका ३२ वटा वडामा करिब २०० भन्दा बढी महिला स्वयंसेविकाहरुले नियमित सेवा दिँदै आएका छन् ।