२०८१ माघ ३ गते बिहिवार / Jan 16 , 2025 , Thursday
२०८१ माघ ३ गते बिहिवार
Ads

रास्वपाले भन्यो–लामिछानेलाई रातारात पोखरा लगिनु आश्चर्यजनक, निकृष्ट र निन्दनीय

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २१ गते १५:२२
रास्वपाले भन्यो–लामिछानेलाई रातारात पोखरा लगिनु आश्चर्यजनक, निकृष्ट र निन्दनीय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ । 

पार्टीको शुक्रबार बसेको आकस्मिक बैठकले सभापति लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिनु ‘आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना’ भनेको छ ।
बैठक पछि रास्वपाले विज्ञप्ति जारी गर्दै सरकारको प्रत्यक्ष निर्देशनमा लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको जनाएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति रहेको छ । सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पु¥याइको रहेछ । यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सूत्रबाट प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न वहानामा यातना दिने, अमानवीय, अपमानजनक र गैरन्यायिक चालबाजी गरिरहेको रास्वपाको आरोप छ । रास्वपा सभापति लामिछानेको डायरीसमेत हिरासतबाटै गायब पारिएको भन्दै रास्वपाले आपत्ति जनाएको छ । रास्वपाले सरकारको यस्तो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन भएको बताएको छ । यसबारेमा रास्वपाले राष्ट्रिय मानवअधिकार आयोग र सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी, मानवअधिकारवादी संघ संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।

रास्वपा र यसका सभापति लामिछानेविरुद्ध राज्य संयन्त्र षडयन्त्रपूर्ण रूपमा सक्रिय रहेको रास्वपाका आरोप छ । सरकार दुई तिहाईको दम्भमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न उद्दत रहेको रास्वपाको ठहर छ । रास्वपाले राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सबैसमक्ष अपिल गरेको छ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise