२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको पक्षमा छ : नेता सापकोटा

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २१ गते १८:११
माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको पक्षमा छ : नेता सापकोटा

काठमाडौं : माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा पार्टी स्पष्ट रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

दलहरूबीच सहमति जुटे संसदबाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्दा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिने उनले बताए ।
सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको जिकिर गरे ।

उनले प्राप्त भइरहेका अधिकार कटौती गर्न माओवादी सहमत नरहेको बताउँदै अग्रमनका लागि हुने संविधान संशोधनमा तयार रहेको उल्लेख गरे ।
 

ADVADV

सम्बन्धित खबर

Advertise