२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

५८ कार्टुन भेपसहित ५ जना पक्राउ

ADV
मध्यान्ह
२०८१ असार ७ गते १३:०१
५८ कार्टुन भेपसहित ५ जना पक्राउ

काठमाडौँ : मकवानपुर प्रहरीले ५८ कार्टुन चाइनिज भेपसहित पाँच जनालाई पक्राउ गरेको छ ।  २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवरसहित मकवानपुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका-२ का ३७ वर्षीय सलाम मोक्तान, उदयपुर कटारी नगरपालिका-११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर-१६ का २९ वर्षीय राजकुमार हिमाङ छन् ।

काठमाडौँबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

एसपी सिताराम रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले बिहीबार साँझ भेप फेला पारेको हो ।
 

ADVADV

सम्बन्धित खबर

Advertise