२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

त्रिभुवन विश्वविद्यालयमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

ADV
मध्यान्ह
२०८१ मंसिर २७ गते १५:२५
त्रिभुवन विश्वविद्यालयमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन् । त्रिभुवन विश्वविद्यालयको साधारण सभालाई सम्बोधन गर्दै मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न भनेको बताएका हुन् ।

उनले भने, ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन । अलिकतै शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ। हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, कुलपतिलाई मन नलागेको निर्णयमा पनि यसो गरौँ भनेपछि मैले साथीहरू भन्नुभयो भन्नै पर्छ । उपकुलपतिलाई पनि यसो गर्न पाए हुन्थ्यो भन्ने लागेको होला । पाए हुन्थ्यो भन्ने गर्न पाउनु विश्वविद्यालयको स्वायत्तता होइन ।’

उनले आफ्नो कुनै हस्तक्षेप नभएको भन्दै निष्पक्ष ढंगले काम गर्नुपर्ने बताए । मेरिटोक्रेसी नामको मात्रै नहोस् भन्नेमा पनि सचेत गराए ।

ADVADV

सम्बन्धित खबर

Advertise