२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

रवि लक्षित सूर्य थापाको टिप्पणी–क्लिन चिटको भ्रम र प्रतिशोधको नाममा कपटपूर्ण नाटक गरेको आरोप

hardik ivf
मध्यान्ह
२०८१ मंसिर २८ गते १५:१९
रवि लक्षित सूर्य थापाको टिप्पणी–क्लिन चिटको भ्रम र प्रतिशोधको नाममा कपटपूर्ण नाटक गरेको आरोप

काठमाडौं : एमालेका नेता तथा सहकारी रकम बचत दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय समितिका सभापति सूर्य थापाले सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने क्लिन चिटको भ्रम र प्रतिशोधको नाममा कपटपूर्ण नाटकसँगै आफूविरुद्ध गालीगलोजमा उत्रिएको टिप्पणी गरेका छन् ।

म्याद थपका लागि बिहीबार अदालत लैजाँदा रविले सूर्य थापाको योजनामा आफूलाई फसाउन खोजेको आरोप लगाएका थिए । शुक्रबार सामाजिक सञ्जालमा सन्देश लेख्दै सभापति थापाले लामिछानेसँग तथ्य, तर्क र आधार नभएपछि गाली गलौजमा उत्रिएको बताएका हुन् ।

‘क्लिन चिट’ को भ्रम र ‘प्रतिशोध’ को नाममा कपटपूर्ण नाटकसँगै मेराविरूद्दको ‘हेट क्याम्पियन’ र ‘गालीगलोज’ पाँच जिल्ला पुगेर पोखरा फर्किएपछि अदालसमक्ष छताछुल्ल प‍ोखिएछ,’उनले भनेका छन् ।

थापाले रास्वपाका नेता कार्यकर्ताले छरेको भ्रम तिर्न र सरकारले दिएको जिम्मेवारी पूरा गर्न आफूले प्रतिवद्ध भएर काम गरेको पनि स्मरण गरेका छन् । ‘संसदीय छानविन विशेष समितिले प्रतिवेदन बुझाउँदा नबुँझाउदै सिर्जना गरिएको भ्रमको तुवाँलो चिरेर समाजलाई स्पष्ट पार्न र प्रतिवेदनको समग्र पक्ष, निष्कर्ष, सुझाव र सिफारिसको प्रतिरक्षा गरेर आफुलाई प्राप्त जिम्मेवारीको निष्ठापूर्वक परिपालना र कर्तव्य निर्वाह नै गरिएको थियो । समितिको प्रतिवेदन सभापतिसहित सातै जना सदस्यको सर्वसम्मतिले पारित साझा स्क्रिप्न रहेको तथ्य जगजाहेर नै छ । लेनिनले भन्नुभएको छ– तथ्य, तर्क र आधार नभएपछि मान्छेले गालीगलोजको सहारा लिन्छ’ उनले भनेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise