२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

रवि लामिछाने माथि प्रचण्डको टिप्पणी दुर्भाग्यपूर्ण : गृहमन्त्री

hardik ivf
मध्यान्ह
२०८१ मंसिर ३० गते १६:२७
रवि लामिछाने माथि प्रचण्डको टिप्पणी दुर्भाग्यपूर्ण : गृहमन्त्री


काठमाडौं : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन् ।

चितवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री लेखकले एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार वर्तमान सरकार आफ्नो कार्यभार अघि बढाउँदै जाने बताए ।

गृहमन्त्री लेखकले संविधान संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र समावेशितालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले गर्न लागिएको स्पष्ट पारे ।

उनले संविधान संशोधनको प्रारम्भिक छलफल दुई ठूला राजनीतिक दलहरूले सुरु गरिसकेको समेत बताए । संविधान संशोधन दुई दलको प्रयासले मात्र सम्भव नहुने भन्दै सबै राजनीतिक दलहरूसँगको समन्वय र सहमतिका साथ अघि बढ्ने योजना रहेको उनले बताए ।

गृहमन्त्री लेखकले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई पहिचान गरेर सबै दलहरूबीच संवाद र छलफलमार्फत सहमतिका साथ संविधान संशोधन गरिने जानकारी दिए ।

‘संविधान संशोधनको कुरा गर्दा विभिन्न प्रकारका व्याख्या भइरहेका छन्। हाम्रो उद्देश्य भनेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिताको सिद्धान्तलाई अझ बलियो बनाउनु हो,’ उनले भने ।

मन्त्री लेखकले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताए ।

प्रचण्डको टिप्पणी अदालत र देशको कानुनलाई प्रभावित बनाउने खालको भएको उनको भनाइ छ । सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै गृहमन्त्री लेखकले कानुनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा नै पेस गरेको उनले बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई गृहमन्त्री लेखकले न्यायिक प्रकृयालाई प्रभावित गर्ने र अनुसन्धानलाई अवरुद्ध गर्ने प्रयत्नका रूपमा अर्थाए ।

ADVADV

सम्बन्धित खबर

Advertise