२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

‘समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छ’

Nada
२०८१ पुष १ गते १६:१३
Shares
‘समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छ’

म्याग्दी : नेकपा (माओवादी केन्द) का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनालाई सम्बोधन गर्ने दावी गरेका छन् । 

ncell

नेकपा (माओवादी केन्द) म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताए । 

मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ता सञ्चालनमा स्थायित्व नहुँदा जनताले चाहे जस्तो विकास र समृद्धि हासिल हुन नसकेको उनको भनाइ छ । “मुलुकमा वर्तमान व्यवस्थाप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ, कतिपयले राजतन्त्र ठीक पनि भन्ने गरेका छन्, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादी नीति, कार्यक्रममार्फत जनतालाई सुविधा दिनेतर्फ अग्रसर हुुन जरुरी छ”, नेता पुनले भने । 

संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने पद्दति आवश्यकता रहेको बताउँदै नेता पुनले समानुपातिक, समावेशीता र सामाजिक न्यायलाई प्रभावकारी बनाएर पछाडि परेका वर्ग, समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्ने विचार व्यक्त गरे । 

ताजा खबर

सम्बन्धित खबर