२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

घरेलु कामदारका लागि कानुन ल्याउन सरकारसमक्ष प्रभु साहको माग

Nada
२०८१ पुष १ गते २१:२६
Shares
घरेलु कामदारका लागि कानुन ल्याउन सरकारसमक्ष प्रभु साहको माग

काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम ट्रेड युनियन फेडरेशनले आगामी पुस १४ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा सम्पन्न फेडरेशनको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

ncell

काठमाडौंमा बसेको आम ट्रेड युनियन फेडरेशनको सचिवालय बैठकले ‘नेपालमा रहेका घरेलु कामदारको पक्षमा कानुन ल्याउन तथा विदेशमा रहेका मजदुरलाई ट्रेड युनियनको हक दिलाउन सशक्त संघर्ष अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त बैठकले पार्टी स्थापना दिवसको अवसरमा सरकारको कर आतंकको विरुद्ध पुस १४ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ । शिव थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख आतिथि पार्टी अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपमहासचिव धनकुमारी मगरलगायत नेताहरूको पनि सहभागिता रहेको थियो ।

सो बैठकमा अध्यक्ष साहले घरेलु कामदारका लागि कानुन ल्याउन सरकारसमक्ष माग गरेका छन् । नेपालमा अहिलेसम्म घरेलु कामदारका लागि कानुनको उचित प्रबन्ध नगरिएको भन्दै सरकारले ढिला नगरी ती घरेलु कामदारको हकहित रक्षाका लागि कानुन ल्याउनुपर्नेमा साहको जोड थियो ।

ताजा खबर

सम्बन्धित खबर