२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

घरेलु कामदारका लागि कानुन ल्याउन सरकारसमक्ष प्रभु साहको माग

draupadi film
मध्यान्ह
२०८१ पुष १ गते २१:२६
घरेलु कामदारका लागि कानुन ल्याउन सरकारसमक्ष प्रभु साहको माग

काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम ट्रेड युनियन फेडरेशनले आगामी पुस १४ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा सम्पन्न फेडरेशनको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

काठमाडौंमा बसेको आम ट्रेड युनियन फेडरेशनको सचिवालय बैठकले ‘नेपालमा रहेका घरेलु कामदारको पक्षमा कानुन ल्याउन तथा विदेशमा रहेका मजदुरलाई ट्रेड युनियनको हक दिलाउन सशक्त संघर्ष अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त बैठकले पार्टी स्थापना दिवसको अवसरमा सरकारको कर आतंकको विरुद्ध पुस १४ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ । शिव थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख आतिथि पार्टी अध्यक्ष प्रभु साह, वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपमहासचिव धनकुमारी मगरलगायत नेताहरूको पनि सहभागिता रहेको थियो ।

सो बैठकमा अध्यक्ष साहले घरेलु कामदारका लागि कानुन ल्याउन सरकारसमक्ष माग गरेका छन् । नेपालमा अहिलेसम्म घरेलु कामदारका लागि कानुनको उचित प्रबन्ध नगरिएको भन्दै सरकारले ढिला नगरी ती घरेलु कामदारको हकहित रक्षाका लागि कानुन ल्याउनुपर्नेमा साहको जोड थियो ।

ADV

सम्बन्धित खबर

Advertise