इमरान खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका मर्जादपुरमा रिधा पेपर प्लेट कारखानाको बुधवार उद्घाटन भएको छ । कारखानाको कपिलवस्तु वरिष्ठ अधिवक्ता एवम नेपाली काग्रेंसका पुर्ब जिल्ला सभापति सुधाकर पांडेय एवम यशोधरा गाँऊपालिका अध्यक्ष गिरिजेश पांडेयले सयुक्त रुपमा उदघाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै बिवाह पाटि भोजभतेरहरुका लागी भारत गई पेपर प्लेटका भाडाहरु ल्याउन झन्झट हुन्थ्यो अव जिल्लामै सुरु भयो सबैलाइ सहज हुन्छ वारिष्ठ अतिथि अधिवक्ता एवम नेपाली काग्रेंसका पुर्ब जिल्ला सभापति सुधाकर पांडेयले भने त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि यशोधरा गाँऊपालिका अध्यक्ष गिरिजेश पांडेयले रिधा पेपर प्लेट कारखाना कपिलवस्तु जिल्लाकै पहिलो कारखाना भएको भन्दै भारतबाट ल्याउना परिरहेका पेपर प्लेटका भाडाहरु अब अफनै जिल्लामा नै पाउने भएकोमा जनसमुदायहरुमा खुशी छाएको बताए ।
पछिल्लो समय रिधा पेपर प्लेटहरु उपभोक्ताको माग र आवश्यकतालाइ मध्यनजर गर्दै आफनै जिल्लामा यस्तो कारखाना खोलेको रिधा पेपर प्लेट कारखानाका प्राप्राईटर सदाब खाँ दिएका थिए । कार्यक्रममा वारिष्ठ अतिथि कपिलवस्तु वरिष्ठ अधिवक्ता एवम नेपाली काग्रेंसका पुर्ब जिल्ला सभापति सुधाकर पांडेय, प्रमुख अतिथिमा यशोधरा गाँउपालिका अध्यक्ष गिरिजेश पांडेय, जिल्ला समान्वय समिति कपलिवस्तुका सदस्य अनुप पांडेय, मर्जादपर प्रहरी प्रमुख, समाजसेवी फिरोज खाँ, अनुराग पांडेय यशोधरा गाँउपािलकाका जनसमुदाय लगायतको उपस्तिथीमा तथा रिधा पेपर प्लेट कारखानाका प्राप्रोईटर सदाब खाँ को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies