नुवाकोट : नुवाकोटको बेलकोटगढी– १ स्थित आरुखर्क माध्यमिक विद्यालयले ५० औं वार्षिकउत्सवको अवसरमा स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ ।
विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव पुस ७ मा गर्ने जनाएको हो । स्वर्णजयन्तीको लागि नवराज खतिवडाको अध्यक्षता ६१ सदस्यीय विद्यालय स्वर्ण जयन्ती मूल समारोह आयोजक समिति गठन गरिएको छ ।
समारोहमा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, खेलकुद गतिविधिहरू र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिने विद्यालयले जनाएको छ ।
साथै, स्वर्ण महोत्सवको सफलताका लागि आर्थिक र भौतिक सहयोग पु¥याउने दाता, जग्गा दाता, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मानित गर्र्ने विद्यालयका प्रधानाध्यापक सुदर्शन खतिवडाले बताए । आरुखर्क माध्यमिक विद्यालय विसं २०३१ सालको पौष ७ गते स्थापना भएको थियो ।