पोखरा : पोखरामा आजवाट प्याराग्लाइडिङ वर्ल्डकप एसियन टुर २०२० तथा १९ औँ नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ । खेल पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता अन्तर्गत आज पहिलो दिन अभ्यास खेल मात्रै हुनेछन् भने भोलिबाट औपचारिक प्रतियोगिता शुरु हुनेछ । प्रतियोगिता एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुने छ । क्रसकन्ट्रीको लागि ७ टास्क पूरा गर्नुपर्छ ।
प्रतिस्पर्धामा ओभरअल च्याम्पियनसिप खेलाडीसँगै दशौंस्थानसम्म आउने खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । प्याराग्लाइडिङ वल्र्डकपमा २० राष्ट्रका १ सय ८० पाइलटको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगिता आगामी १७ गतेसम्म चल्नेछ । कोरोना भाइरसको संक्रमणका कारण अपेक्षाकृत पाइलटको सहभागिता हुन नसकेको आयोजकले जानकारी दिएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies