२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

सिन्धुलीमा स्थानीय सरकारसँग नागरिकको सवाल–जवाफ

ADV
मध्यान्ह
२०८१ पुष ४ गते १६:२२
सिन्धुलीमा स्थानीय सरकारसँग नागरिकको सवाल–जवाफ


सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय सरकारका कारकारबाहीका विषयमा सरकार र नागरिकबीच सवाल जवाफ कार्यक्रम भएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सरकारका कामकारबाही माथि नागरिक वृत्तबाट चासो राख्दै गरिएको प्रश्नमा सरकारले जवाफ दिएको हो । 

स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहितका विषयमा प्रश्न उठिरहेका बेला गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकार र सहभागीबीच सवाल जवाफ भएको हो ।

गाउँपालिकाको कार्यालय स्थित खाङसाङ बेसिमा गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले राखेका प्रश्नमाथि गाउँपालिकाकी अध्यक्ष सुनुवार तथा प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले जवाफ दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रजन मगरले गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि मंसिर मसान्तसम्म कार्यसम्पादन गरिएका विषय सार्वजनिक गरेका थिए । 

प्रमुख प्रशासकीय अधिकृत रजन मगरले पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानी, खेलकुद, रोजगार, पर्यटन सीप तथा दक्षताका साथै कर संकलन र उपयोगिता लगायतका विषयमा गाउँपालिकाले गर्दै आएका काम कारबाही, सुशासन, पारदर्शिता र जनसहभागिताका विषयमा स्पष्ट पारेका थिए ।

फिक्कल गाउँपालिकाको चालु आर्थिक वर्षका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट ससर्तसहित ६२ करोड ५३ लाख ६३ हजार ८ सय ८० रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उनको प्रस्तुतिसंगै कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले संचालन गरेका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारका सवालमा गरेका काम कारबाहीका सम्बन्धमा प्रश्न उठाउँदा गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार र प्रमुख प्रशासकीय अधिकृतले त्यसको जवाफ दिए । 

कार्यक्रममा सहभागी माओवादी केन्द्र फिक्कल गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर कार्कीले गाउँपालिकामा आउने बजेट र योजना कार्यान्वयन, राहत तथा अनुदान वितरण, उपभोक्ता समिति गठन, निर्माण तथा खरिदमा ठेक्का प्रक्रिया र गाउँबासीमा अनिवार्य प्यान लिनु पर्ने व्यवस्थाका विषयमा जिज्ञासा राख्दा गाउँपालिकाकी अध्यक्ष सुनुवारले गाउँका नागरिकले देखेका सपाना पूरा गर्ने उद्देश्यले नै स्थानीय सरकार लागि परेको र त्यसको कार्यभार पूरा गर्न गाउँपालिकालाई सवलीकरण, सुशासन, पारदर्शिता र जनसहभागिताका माध्ययमबाट ‘समृद्ध फिक्कल, सुखी फिक्कलवासी’ भन्ने नारालाई आत्मसाथ गरेर काम गर्दै आएको स्पाष्ट पारिन् ।  

‘गाउँपालिकामा सपना मात्र नभएर त्यसलाई पूरा गर्ने गन्तव्यतर्फ सरकार अग्रसर भएको उल्लेख गर्दै सेवा मार्फत सुशासन र सुशासनमार्फत विकास समृद्धिको योजनालाई प्राथमिकीकरण गरेर काम गर्ने गरिएको छ,’ उनले थपिन् । 
 

ADVADV

सम्बन्धित खबर

Advertise