रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलील भन्सार छलीका सामान बरामद गरेको छ । चेकजाँच टोलीले गौर नगरपालिका–४, शिवाङ्गी पेट्रोल पम्पबाट ना २ ह १६८ नम्बरको इ–रिक्सामा भन्सार छली ल्याउँदै गरेको चिनी बरामद गरेको हो ।
करिब १४ हजार मूल्य बराबरको २ क्वीन्टल चिनी र रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इ–रिक्साका चालक, गौर नगरपालिका–४ का विन्देश्वर सहनीलाई नियन्त्रणमा लिइ चिनी, इ–रिक्सा, र चालकलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।