२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

नगदसहित गरगहना चोरी

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष ५ गते २०:१०
नगदसहित गरगहना चोरी

रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ आँकडपाथरको एक घरमा नगदसहित गरगहना चोरी भएको छ । नगर कार्यपालिका सदस्य लालपरि देवी तथा हरूवा चरुवा अधिकार मञ्च रौतहटका अध्यक्ष दशरथ रामको घरम शुक्रबार दिउँसो चोरी भएको हो ।

आफन्तको मृत्यु भएको कारणले रामका सम्पूर्ण परिवार बारा पुगेका थिए । घरका कोही नभएको मौका छोपी चोरी भएको हो ।

उनको घरबाट नगद १ लाख,करिब ६ लाख ५० हजार बराबरको सुन,चाँदीका गहना र केही लत्ताकपडा गरी ८ लाख रुपैयाँ बराबरको चोरी भएको पीडितका भतिज गोपाल महराले बताए । घटनाको ईलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise