काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जितेकोमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो च्याम्पियन बनेको हो ।
राष्ट्रपति पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका हुन् ।
साथै उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै प्रधानमन्त्री ओलीले ऐतिहासिक जितप्रति खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बधाई जनकपुर बोल्ट्स, एनपिएलको पहिलो उपाधि जित्न सफल भएकोमा। आजको खेलमा सुदूरपश्चिम रोयल्सको प्रदर्शन पनि उत्कृष्ट रह्यो । यससँगै नेपाली क्रिकेटको महापर्व सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम, आयोजक तथा व्यवस्थापकलाई पनि धन्यवाद ।’
प्रधानमन्त्री ओलीले यस्ता प्रतियोगिताहरूले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै, भविष्यमा खेलकुदको विकासका लागि सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।