एजेन्सी : ब्राजिलका फुटबलर रोनाल्डीन्हो पक्राउ परेका छन् । पाराग्वे जाने क्रमममा उनलाई नक्कली पासपोर्ट प्रयोग गरेका कारण पक्राउ गरिएको हो ।
३९ वर्षीय रोनाल्डीन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए । बुधबार राति आफ्ना भाइ रोबर्टोसँग पाराग्वे जाने क्रममा पक्राउ परेका थिए ।
रोनाडीन्हो अहिले ब्राजिलको पासपोर्ट बोक्न नपाउने भएका छन् । सन् २०१८ मा पर्यावरण कानुन उल्लंघन गरेको आरोपमा उनी कारबाहीमा परेका थिए । सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई कारबाही गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies