२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

लागुऔषध कारोवारमा दाजुभाइ पक्राउ

shivam cement
२०८१ पुष ७ गते १६:१५
Shares
लागुऔषध कारोवारमा दाजुभाइ पक्राउ

धरान : लागुऔषध कारोवारमा संलग दाजुभाइ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–८ भोटेपुलबाट उनीहरूलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवश कुँवरका अनुसार लागुऔषध कारोबार गर्ने धरान–८ का २६ वर्षीय महेश राई र २३ वर्षीय मनिस राई पक्राउ परेका हुन । पक्राउ परेका दुवैजना सहोदर दाजुभाइ हुन् ।

दुवैजनाले आफ्नै घरमा लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरी घरमा खानतलासी गर्दा घरको कोठाभित्र प्रतिबन्धित लागुऔषध ट्रामोल २० हजार क्याप्सुलसहित दाजुभाइलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए । पक्राउ दाजुभाइलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित खबर