काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) तत्कालका लागि स्थगित भएको छ । कोरोना भाइरसको त्रासका कारण ईपीएल आयोजकले अर्काे सुचना नआउँदासम्मका लागि सार्ने निर्णय गरेको हो ।
चैत १ गतेबाट हुने भनिएकाे प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेका बेला काेराेनाकाे त्रासका कारण प्रतियाेगिताकाे मिती अनिश्चितकालका लागि सारिएकाे हाे । आयोजक जाेरा स्पोर्टसले प्रतियाेगिताका करिब ५ करोड खर्च भएको जनाएको छ ।
याे प्रतियाेगिताका लागि ब्राेडकास्टकाे रकम र खेलाडीका लागि दिने रकम गइसकेकाे बताइएकाे छ । खेलका दाैरान खेलाडी र दर्शकलाइ पर्नसक्ने असरका कारण आयाेजकले प्रतियाेगिताकाे मिति सार्नुपरेकाे जनाएकाे छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies