पर्वत : पर्वतको पर्वत अस्पतालमा पहिलोपटक फिजियोथेरापी सेवा सुरु भएको छ ।
अस्पतालले नयाँ सुविधाका रूपमा केही दिन अगाडिबाट नै यो सेवा सुरु गरेको भए पनि शनिबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सेवाको उद्घाटन गरे ।
अस्पताल स्थापना भएको ३५ औँ वर्षमा पर्वतसहित आसपासको क्षेत्रका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको हो । सरकारबाट १५ शैया क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै अस्पताल ६० शैयामा विस्तार भएको छ । सेवा सञ्चालनको लागि हालै खुलाइएको विज्ञापनबाट फिजियोथेरापिस्ट डा. प्रमीला लामिछाने नियुक्त भएकी छन् ।