२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार
Ads

रेसुंगा १४ लाई विभाजन गर्ने प्रस्ताव पारित

ADV
मध्यान्ह
२०८१ पुष ९ गते १८:०७
रेसुंगा १४ लाई विभाजन गर्ने प्रस्ताव पारित

गुल्मी : रेसुंगा नगरपालिकाले वडा नम्बर १४ लाई विभाजन गरी दुईवटा वडा बनाउने प्रस्ताव नगरसभाबाट पारित गरेको छ । १६ औं नगरसभाले दुईवटा वडा बनाउने प्रस्ताव पारित गरेको हो ।

१४ वटा वडा रहेको नगरपालिकामा पराल्मी सबैभन्दा ठूलो र विकट छ । उक्त वडालाई विभाजन गर्न मानव संशासन तथा सुशासन समितिका संयोजक हुम बहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गरेका थिए ।

पराल्मी र रातामाटा भौगोलिक रूपमा विकट र ठूलो मानिन्छ । हाल रेसुंगा १४ को वडा कार्यालय र स्वास्थ्य चौकी पराल्मी छन् । तर हालसम्म रातामाटामा वडा कार्यालय र स्वास्थ्य चौकी पुग्न सकेको छैन । पराल्मी टाढा भएकाले नगरपालिकाले वडावासीलाई सहज सेवा दिन रातामाटामा सम्पर्क वडा र स्वास्थ्य चौकी कार्यालय सञ्चालन गरेको छ । वडा विभाजन भएपछि नगरपालिकामा १५ वटा हुनेछन् ।

वडा विभाजनको अन्तिम स्वीकृति भने संघीय सरकारले प्रदान गर्दछ । संघीय सरकारले पनि नगरसभाको प्रस्तावलाई स्वीकृत गरेमा वडानम्बर–१४ मा पर्ने पराल्मी र रातामाटा छुट्टिने गरी अर्को एउटा वडा थपिने छ । 


 

ADVADV

सम्बन्धित खबर

Advertise