२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

विपद् पूर्वतयारीका लागि शिवालयमा कृत्रिम घटना अभ्यास

ADV
कुलेन्द्र शाही
२०८१ पुष ११ गते ११:४७
विपद् पूर्वतयारीका लागि शिवालयमा कृत्रिम घटना अभ्यास

सुर्खेत : विपद् व्यवस्थापन र उत्थानशील समुदायका लागि जाजरकोटको शिवालय गाउँपालिकामा भूकम्प र आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । सहास नेपाल पाइला परियोजना र शिवालय गाउँपालिकाको संयुक्त आयोजना तथा कर्णाली प्रदेश रेडक्रस सोसाइटीको सहजीकरणमा शिवालय गाउँपालिका–६ स्थित टुनिबगरमा कृत्रिम घटना अभ्यास गरिएको सहास नेपाल शिवालयका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । 

उनकाअनुसार भौगोलिक हिसाबले विकट र विपद् जोखिममा रहेको शिवालय गाउँपालिकाको–६ टुनिबगरमा भूकम्प र आगलागीको परिप्रेक्ष्यमा कृत्रिम घटना अभ्यास गरिएकाे हो । कार्यक्रममा सीमा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी, प्रहरी चौकी थालारैकरका सुरक्षाकर्मी, स्थानीय खोज तथा उद्धारकर्मीहरू र स्वास्थ्यकर्मीहरूको सक्रियता रहेको थियो ।

शिवालय गाउँपालिका वडा नं ३, ४, ५, ६ र ७ का १५० जना स्थानीयले यस अभ्यास कार्यक्रमको अवलोकन गरेको अधिकारीले बताए । यस अभ्यासमा विपद् परिप्रेक्ष्यमा भूकम्प र आगलागीबाट उद्धार प्रक्रिया कसरी गर्ने, कसरी सुरक्षित हुने, सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा नमुना प्रदर्शन गरिएको थियो । साथै यस कार्यक्रममा राज्यका निकायहरू कसरी परिचालन गरिन्छ र सञ्चारको महत्त्व कस्तो हुने भन्ने बारेमा पनि प्रशिक्षण दिइएको प्रमुख अधिकारीले बताए ।

गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही र उपाध्यक्ष गीता शाहीले आगामी दिनमा प्रत्येक वडामा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहास नेपाल पाइला परियोजनाले शिवालयमा विगत ३ वर्षदेखि विपद् व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको छ । यस संस्थाले स्थानीय समुदायको प्रतिकार्य क्षमता र संकट व्यवस्थापन कौशललाई मजबुत बनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise