२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार,सिफारिस फिर्ता लिइदिन आग्रह (पत्रसहित)

shivam cement
२०८१ असार ९ गते १५:५७
Shares
सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार,सिफारिस फिर्ता लिइदिन आग्रह (पत्रसहित)

काठमाडौँ  : मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को असार ७ गते बसेको बैठकले प्याकुरेललाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिश गरेको थियो। 

प्याकुरेलले आफ्नो नाम फिर्ता लिन अनुरोध गरिएको पत्र आइतबार प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन् ।  उनले  विज्ञप्ति जारी गर्दै भनेका छन्, “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु ।”

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतमा आफ्नो नाम सिफारिश गर्नुअघि परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषद्को सचिवालयबाट कुनै सम्पर्क वा संकेत नगरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले भनेका छन्, “राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक  स्थितिसम्बन्धि ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु।”

असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएको पनि उनको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिसहित :


 

ताजा खबर

सम्बन्धित खबर