२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

क्यान्सर पीडित गंगालाई नेप्लिज फिटनेस टिम कतारले गर्‍यो आर्थिक सहयोग

ADV
तिलु शर्मा पौडेल
२०८१ पुष १५ गते १४:५३
क्यान्सर पीडित गंगालाई नेप्लिज फिटनेस टिम कतारले गर्‍यो आर्थिक सहयोग

दोहा, कतार : पाठेघरको क्यान्सर रोगबाट ग्रसित पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङकी ५५ वर्षीया गंगा दमाईको उपचारका लागि कतारबाट थप सहयोग प्राप्त भएको छ ।

कतारमा रहेको नेप्लिज फिटनेस टिम कतारले १९ हजार ६ सय ११ रुपैयाँ बिरामी गंगालाई सहयोग गरेका हुन् । कतारका नेपालीहरूका सार्वजनिक कार्यक्रममा उच्च सुरक्षा तथा सहजकर्ताको भूमिका निर्वाह गरिरहेको फिटनेस टिमले मानवीय हितमा विभिन्न सहयोग गर्दै आइरहेको छ ।

फिटनेसका अध्यक्ष कृष्ण सुनारले प्रवासबाट बिरामीको उपचारमा सघाउन पाउँदा आफूहरूलाई खुसी लागेको बताए । सुनारले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । 

बिपी कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको अप्रेसन गरी घरमा आराम गरिरहेकी गंगाको उपचारमा ठूलो रकम खर्च भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर र लाखौं ऋणमा डुबेको गंगाको परिवारले थप सहयोगको अपिल गरेको छ ।

बिरामीलाई सहयोग गर्न चाहनेले बिरामीको छोरी अनिता दर्जीको एनएमबि बैंकको खाता नम्बर १२१०२००९४१७००१२ वा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise