काठमाडौं : लेवनानमा घानाकी एक घरेलु कामदारको बर्बरतापूर्ण हत्यापछि त्यहाँ कार्यरत २ लाख ५० हजार अन्य कामदारको सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।
हत्या पछि रोजगारदाताले शब नै गायव पारेपछि कोरोना भाईरस संक्रमण वीच त्यसको निश्पक्ष छानवीनका लागि अन्तरराष्ट्रिय रुपमा आवाज उठेको छ । गत मार्च १४ तारेखका दिन घानाकी एक २३ वर्षीया घरेलु कामदार फौस्तिना तायको लेवनानको बेरुतमा चारतलाबाट खसालेर हत्या भएको थियो ।
ती कामदार बेरुतस्थित रोजगारदाताको कारपार्कमा मृत अवस्थामा फेला परेकी थिइन् । फोरेन्सिक रिपार्टमा उनको मृत्यु अग्लो स्थानबाट खसालिएको कारण लागेको चोटबाट भएको उल्लेख छ ।
अल जजिरा टेलिभिजनले रोजगारदाताले आप्रवासी घरेलु कामदारको हत्या गरेको दावी गर्दै निरन्तर समाचार प्रशारण गरेपछि मात्र लेवनानको श्रम मन्त्रालयले घटनाको विषयमा अध्ययन गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यसको एक हप्ता अघि मृतकले ४० मिनेटको भ्वाईस म्यासेज सहित हतास मनस्थिति दर्साउने दर्जनौ टेक्स म्यासेज घानास्थित आफ्ना भाइ र अधिकारकर्मीहरुलाई पठाएकी थिइन् । म्यासेजमा उनका रोजगारदाता हुसेन दिया अलि कमलले चार पटक पिटेको उल्लेख छ ।
निरन्तर काम गर्नुपर्ने वाध्यताकाकारण आफुलाई काम गर्न समस्या रहेको र २४ घण्टाको अवधिमा ६ घण्टापनि सुत्न नपाएको भन्दै घर फर्किन चाहेको मालिकसंग बताएपछि यातना शुरु भएको पनि म्यासेजमा उल्लेख छ ।
मृतकका भाइ जोसुवाडेमयााले आफ्नी दिदीको शब उनको मुलुक घाना लैजान नदिइ लेवनानमै गाडिएको दावी गरेका छन् । विश्वभर तीव्र रुपमा फैलिएको प्राणघातक कोरोना भाईरस (कोभिड–१९)को संक्रमणका कारण लेवनान र घानाले पनि आफ्नो देशमा अवतरण गर्ने सबै अन्तर्राष्ट्र्य उडानमाथि प्रतिवन्ध लगाएको छ ।
लेवनानमा २ लाख ५० हजार भन्दाबढी आप्रवासी घरेलु कामदार रहेका छन् । तर उनीहरु सबै मालिकको तजवीजीमा रहने काफला प्रणालीमा आधारित रहेका छन् । कोरोना भाईरसका कारण घर जान नपाएपनि उनीहरु पीडा भएपनि मालिकको घरमै बस्न वाध्य भएको बताइएको छ ।
अधिकारकर्मीहले निरन्तर रुपमा काफला प्रणाली हटाउन माग गरेपनि लेवनानले त्यसको सुनुवाई नगरेको अलजजिराको भनाई छ । काफला प्रणालीमा मालिकको सहमतिले मात्र घरेलु कामदारले आफ्नो करार समाप्त गर्न पाउँछन् । तर कोरोना भाईरसको वर्तमान विश्वव्यापी संक्रमणका कारण अधिकांश रोजगारदाता कामदारको करार समाप्त गर्न सहमत नहुने बताइएको छ ।
रोजगारदाताको सहमति विना काम वा घर छोडेमा कामदार अवैध हुने , जेल सजाय वा देश निकालाको अवस्थामा पुग्नुपर्ने वाध्यता रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies