२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

माओवादी केन्द्रले भन्यो : अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन बोलाएन

Nada
२०८१ पुष २१ गते १९:३५
Shares
माओवादी केन्द्रले भन्यो : अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन बोलाएन

काठमाडौं : नेकपा माओवादी केन्द्रले अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन नबोलाएको आरोप लगाएको छ । धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आजबाट सुरु भएको नेकपा माओवादी केन्द्रको बैठकपश्चात पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष सापकोटाले सरकारले संसद अधिवेशन नबोलाउनु रहस्यमय भएको बताएका हुन् ।

ncell

उनले भने, ‘कुनै वर्ष मंसिर २८ संसद अधिवेशन आह्वान भएको थियो, तर अहिले पुसको २१ गते भइसक्दा पनि सरकारले संसद अधिवेशन बोलाएको छैन । हामीलाई के लागेको छ भने यो कुनै रहस्यमय तरिकाले सदन बोलाउन ढिलाइ भइरहेको छ ।’

राजनीतिक दल फुटाउन अध्यादेश ल्याए पार्टीले प्रतिवाद गर्ने उनको भनाइ छ । उपाध्यक्ष सापकोटाले आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरूसँग एकताको पहल गर्ने प्रस्ताव राखेको बताए । सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी जानकारी गराइएको बताए । 

यसैगरी माओवादी केन्द्रले फागुन १ गतेदेखि एक महिना तराई/मधेस जागरण अभियान चलाउने भएको छ ।  बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिए । साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राखेको उनले बताए । 

केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र बृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसँग एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि उनले बताए । 

सम्बन्धित खबर