२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फणिन्द्र देवकोटाको पक्षमा सर्वोच्चको फैसला

ADV
मध्यान्ह
२०८१ असार १० गते १६:१९
फणिन्द्र देवकोटाको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटाको पक्षमा फैसला गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

सर्वोच्चले सांसद देवकोटालाई गण्डकी प्रदेशसभा सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न पाउनेछन् । 

ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए । उनले गत निर्वाचनमा माओबादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव जितेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise