२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

जिम्मेवार दलहरु नै संघीयताप्रति उदार छैनन् : गगन थापा

ADV
मध्यान्ह
२०८१ पुष २३ गते १४:४३
जिम्मेवार दलहरु नै संघीयताप्रति उदार छैनन् : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कुनैपनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् । 

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरु नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् । 

उनले भने, ‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौं र लिएका छौं, कोही पनि संघीयताप्रति उदार छैनौं । एकदमै अनुदार छौं । यसमा रुची छैन । मैले नयाँ दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें । जसले बाहिर जे जे भनेपनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन् ।’

उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठूलो महत्व रहेको बताए । उनले संघीयताको विषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताए । 
उनले भने, ‘संघीयताको विषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौं । दुवै आन्दोलनको महत्व ठूलो छ । तर अलिक फरक रुपमा पनि हेर्नपर्छ । केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ । शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ । सबै राजनीतिक पार्टीको घोषणपत्रमा संघीयताप्रति कमिटमेन्ट छ । यो संस्थागत कमिटमेन्ट हो ।’ 

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यन्वयनको विषय धेरै चुनौती र पेचिलो रहेको बताए । उनले भने, ‘संविधान रचना कालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ । यसको मर्मअनुसार कार्यान्वयन त्यतिकै उन्नत स्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नुपर्दथ्यो । त्यहाँनेर ल्याकिङ भयो । कार्यान्वयनमा चुनौती र पेचिलो छ ।’
 

ADVADV

सम्बन्धित खबर

Advertise