२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

प्रचण्डलाई जनार्दनको प्रश्न : निर्वाचन प्रक्रियाबाट अध्यक्ष बन्ने आँट गर्न किन नसकेको ?

Nada
२०८१ पुष २३ गते १६:३८
Shares
प्रचण्डलाई जनार्दनको प्रश्न : निर्वाचन प्रक्रियाबाट अध्यक्ष बन्ने आँट गर्न किन नसकेको ?

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन प्रक्रियाबाट चुनिएर आउन चुनौती दिएका छन् ।

ncell

काठमाडौँमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका हुन् ।

आफ्नो धारणा राख्ने क्रममा शर्माले पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाएर सधैं अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै अब पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताए ।

उनले भने, ‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’

पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर प्रचण्ड सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै उनले त्यस्तो आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यस्तै आफूले यसअघि बैठकमा राखेको प्रस्तावको सम्बन्धमा प्रचण्डको प्रतिवेदनमा धेरै आएकाले थप केही भन्नुपर्ने नरहेको उनले बताएका थिए । 

पार्टीको गत साउनमा बसेको स्थायी समिति बैठकमा शर्माले फरक मतका रूपमा आफ्नो लिखित प्रस्ताव राखेका थिए । त्यसपछि प्रचण्ड र शर्माबीच राम्रो सम्बन्ध नरहेको चर्चा चलिरहन्छ ।

सम्बन्धित खबर