जनकपुरधाम : मधेश प्रदेश सभाको चौथो अधिवेशन साढे तीन महिना पछि बसेको छ ।
चौथो अधिवेशनको पहिलो बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको चौथो अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाएका छन् । लामो समयदेखि बन्द रहेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाएका थिए ।
सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्ययक्षता गर्ने सदस्यहरूको मनोनयन गरेको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम बैठकको अध्ययक्षता हरिनारायण महतो, चन्दन सिंह, जवाहर कुशवाहा, रमेश प्रसाद कुर्मीलाई मनोनयन गरेका छन् ।
प्रदेश सभाको तेस्रो अधिवेशन गत ४ असोजमा अन्त्य भएको थियो । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो ।
कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संसोधनसहितका बिजनेस प्रदेश सभामा छन् ।
प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।