काठमाडौं : तीन दिन देअि जारी सत्तारूढ दल एमालेको केन्द्रीय कमिटी बैठक मंगलवार सकिएको छ । गत आइतबार सुरु भएको बैठकले विभिन्न महत्वपूर्ण समसामयिक प्रस्ताव पारितसहित सकिएको छ ।
बैठकले ३ महिने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । साथै बैठकले १४ बुँदे प्रस्ताव पारित गरेको छ ।
प्रस्थावमा सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिइएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ । ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई एमालेले आग्रह गरेको छ ।
एमालेले पार्टीबाट विभिन्न समयमा अलग भएर गएका शक्तिहरुलाई पुरानै घरमा फर्कन आह्वान गर्ने निर्णय पनि गरेको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरिएको उनले बताए ।
बैठकले सचिवालय बैठकले गरेको नेता भीम रावलको संगठित सदस्यता खोस्ने र नेतृद्धय बिन्दा रावल र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णयलाई सर्वसम्मत अनुमोदनसमेत गरेको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसमाथि नेताहरूले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा नेताहरूले उठाएको सवालको जवाफ अध्यक्ष ओलीले दिएपछि बैठक सकिएको हो ।
बैठकमा धेरै नेताहरूले नेतृत्वको शैली परिवर्तनसँगै बैठकको पूर्वसन्ध्यामा डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाही फिर्तालगायतका विषयमा सुझाव राखेका थिए ।
बैठकको समापन गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पिलो निचोरिँदैमा वजन नघट्ने बताएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूले उठाएको सवालको जवाफ दिने क्रममा अध्यक्ष्म ओलीले नेताहरूले पार्टीका नेताहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरिएको सन्दर्भमा जवाफ माग गरेका थिए ।
त्यसको जवाफ दिँदै ओलीले नेताले भने, ‘पिलो निचोरिँदैमा वजन घट्दैन’ । ओलीले विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले पार्टीमा नभई मिडियामा कुरा गर्दै हिँडेको बताए । त्यसकारण उनीहरूको निलम्बनबारे पुनर्विचार नहुने स्पष्ट पारे ।