२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

विनियोजन विधेयकअन्तर्गत छलफलको कार्यसूचीबाट परराष्ट्र शीर्षक हटाइयो    

Nada
२०८१ असार १० गते २१:०२
Shares
विनियोजन विधेयकअन्तर्गत छलफलको कार्यसूचीबाट परराष्ट्र शीर्षक हटाइयो    

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्ने माग गरेपछि परराष्ट्र शीर्षक हटाइएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुपर्ने कार्यसूची रहेको थियो ।

ncell

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हाल मन्त्रालयको कामको सिलसिलामा मुलुकबाहिर छन् ।  
बैठकमा सांसहरु रामहरि खतिवडा, रघुजी पन्त र प्रदीप पौडेलले छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए । सांसदहरुको मागबमोजिम सभामुख देवराज घिमिरेले कार्यसूची हेरफेर गरी परराष्ट्र शीर्षक हटाइएको जानकारी गराएका थिए । 
     
विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थमन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।     

ताजा खबर

सम्बन्धित खबर