२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

चितवनमा जलपन्क्षी गणना गर्न ५३ गणक खटिए

ADV
मध्यान्ह
२०८१ पुष २४ गते २२:३३
चितवनमा जलपन्क्षी गणना गर्न ५३ गणक खटिए

काठमाडौं : जलमा आश्रित चराको गणना चितवनमा सुरू भएको छ ।  प्रत्येक वर्षको ४ जनवरीदेखि सुरू हुने चरा गणना यस पटक भने ६ जनवरीदेखि सुरू भएको हो । यो समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । 

जलपक्षी गणना चितवनको पटिहानी–२२ घडगाईदेखि गोलाघाटसम्म र माडीको बगई पुलदेखि रिउ दोभान सम्म ३६ किलोमिटर सम्म गरिने पश्चिम चितवन क्षेत्र चरा गणनाका सयोजक मनेश कुमार लिम्बूले बताए । 

त्यस्तै जल आश्रित चरा गणना चितवनको नारायणी नदी राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उनले जनकारी दिए । राप्ती नारायणी नदीको दिब्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणकहरू खटिएका छन् ।

पानी चरा उत्तरी क्षेत्र साईबेरीया, रसिया, तिव्वत, मंगोलिया लगायतको देशहरूबाट आउने गरेका छन् । गत वर्षको गणनामा ४७ प्रजातीको पानी चरा भेटिएका थिए । चरा गणना १९ जनवरीसम्म चल्ने छ ।

गतवर्ष कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्जहरू, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदीशपुर लगायतका क्षेत्रहरूका साथै देशका विभिन्न तालतलैया र सिमसार क्षेत्रहरूमा गणना गरिएको थियो । 

गतवर्ष देशभरका १८ प्रमुख सिमसारक्षेत्रहरू अन्तर्गत ८४ वटा साना क्षेत्रहरूमा गरिएको जलपन्छी गणनामा ७९ प्रजातिका ६३,९०० जलपक्षीहरू रेकर्ड भएका थिए । गणना गरिएका क्षेत्रमध्ये ६ वटा रामसारमा सूचीकृत सिमसारक्षेत्रहरू पनि थिए । गणनामा ४०२ स्वयंसेवकहरू सहभागी थिए ।

सन् १९८७ देखि नेपालमा नियमित रूपमा एशियाली जलपन्छी गणना हुँदै आएको छ । यसले यहाँको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको पन्छीविद् हठन चौधरी बताउँछन् ।

उत्तरी ध्रूव, रूस, चीन, मंगोलिया लगायतका ठण्डा क्षेत्रबाट हजारौंको संख्यामा हाँस, जलेवा, गंगाचीललगायतका चराहरू जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालको विभिन्न ताल, तलैया, नदी र जंगलमा आउँछन् ।

उत्तरी ध्रूवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चराहरू बाँच्नका लागि अनुकूल तापक्रमको खोजीमा नेपाल आउँछन् ।

नेपालका ताल, तलैया, नदीमा माछा, किरा, फट्याङ्ग्रा जस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रहरूमा शिकारीबाट बच्न सुरक्षित बासस्थान उपलब्ध हुने भएकाले यहाँ चराहरूको लागि अनुकूल वातावरण रहेको मध्य चितवनको चरा गणनाका संयोजक मनेष लिम्बुले बताए ।

जलपन्छी गणना नेपालको सबैभन्दा लामो समयसम्म चल्दै आएको नियमित वन्यजन्तु अनुगमन कार्यक्रम हो। यसको समन्वय वेटलेण्ड इन्टरनेशनलले गर्दै आएको छ ।

यस वर्षको गणनाको प्रारम्भिक नतिजा आगामी २ फेब्रुअरीमा विश्व सिमसार दिवसको अवसरमा सार्वजनिक गरिनेछ ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise