काठमाडौं :अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नुवाकोट किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अछाम मेल्लेख गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला सापकोटा १ लाख रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध मेल्लेख गाउँपालिकाको मेसिनगरी सामान खरिदसम्बन्धी उजुरी परेको थियो । उजुरीसम्बन्धित कागजात पेश गर्न आयोगको कार्यालय कञ्चनपुरले भने पछि उनी अनुसन्धान अधिकृतको कार्यकक्षमा गइ कागजातसँगै खाम दिएका थिए ।
उक्त खाम खोलेर दिनुभन्दा खामभित्र १ लाख रुपैयाँ भेटिएको थियो । रकमबारे सोधुपुछ गर्दा उनले मुद्दा मिलाइदिन ल्याएको जवाफ दिएका थिए । त्यसपछि अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।