२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बागमती प्रदेश सभाको बैठक आज बस्दै

ADV
मध्यान्ह
२०८१ असार ११ गते १०:५६
बागमती प्रदेश सभाको बैठक आज बस्दै

बागमती : बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।  बिहान ११ बज्ने सो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व(करबाहेक) विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

यसअघि गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटमाथि छलफल भएको थियो । सरकारको आगामी आव २०८१/८१ को बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सम्पन्न गरी सभामुख भुवकुमार पाठकले बैठक आज बस्नेगरी आह्वान गरेका थिए । 

यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise