२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रास्वपालाई सहकारी ठगी र एमालेलाई गिरीबन्धु प्रकरणमा अध्यक्ष जोगाउने चिन्ता : शर्मा

ADV
मध्यान्ह
२०८१ असार ११ गते १६:०३
रास्वपालाई सहकारी ठगी र एमालेलाई गिरीबन्धु प्रकरणमा अध्यक्ष जोगाउने चिन्ता : शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो सभापति रवि लामिछानेलाई सहकारी ठगीबाट जोगाउने चिन्तामात्रै रहेको बताएका छन् ।

मंगलबार पार्टीनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रास्वपामा देखिएको बताएका हुन् ।

सरकार सिंगो अस्तित्वमा नदेखिएर अंश अंशमा देखिएको उल्लेख गर्दै उनले खण्ड खण्डको चिन्ता रहेको टिप्पणी गरे ।

यस्तै उनले नेकपा एमालेलाई गिरीबन्धु टी–इस्टेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई कसरी जोगाउने भन्ने चिन्ता रहेको उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार जोगाउने संख्याको चिन्तामात्रै रहेको शर्माले दाबी गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise