काठमाडौं : जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा २२ दिनदेखि रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरिएको छ । युवकको ढिलो गरी भएको स्वाब परीक्षण (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरिएको हो ।
मुद्दा फाँटमा काम गर्नेदेखि सबै प्रहरीको पीसीआर परीक्षणको तयारी गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा थिए ।
गत चैत ६ गते भारतको मुम्बइबाट घर आएका २३ वर्षका युवक वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका थिए । बैतडीको शिवनाथ गाउँपालिकामा गत वैशाखमा एक युवती मृत्त अवस्थामा खोलामा फेला परेकी थिइन् ।
अभिभावकको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ति युवक थुनामा रहेको थिए । हिरासतमा रहेका युवक बैतडीको पहिलो कोरोना संक्रमित हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies