वीरगन्ज : वीरगन्जमा बाल श्रम रोक्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
चाइल्ड रेस्क्यु नेपाल एवं छोराछोरी नेपालको संयुक्त आयोजना तथा सानो पाइलाको सहयोगमा सरोकारवालाहरूबीच अन्तरक्रिया भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बालश्रम रोकथाम तथा बाल श्रमिकहरू एवं अनाथ, बेसहारा, दलित बालबालिकाहरुको संरक्षणका लागि महानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विशिष्ट अतिथिहरुमा रन्जना पन्डित, प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिना, वडाध्यक्ष बैजुलाल स्वर्णकार, नारायणी अस्पतालका हेमा थापा लगायतले बाल श्रम रोक्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए ।