२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बीआरआई कार्यान्वयन योजना दस्तावेज : छलफल भयो, हस्ताक्षरमा सहमति जुटेन

ADV
मध्यान्ह
२०८१ असार १२ गते १२:३४
बीआरआई कार्यान्वयन योजना दस्तावेज : छलफल भयो, हस्ताक्षरमा सहमति जुटेन

काठमाडौं : नेपालले १२ मे २०१७ मा हस्ताक्षर गरेको बीआरआई परियोजना अहिलेसम्म कार्यान्वयनको तहमा पुगेको छैन । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा रहेका बेला यो परियोजनाको कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुने आंकलन गरिए पनि सहमति जुट्न सकेन । 

चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमण पुरा गरेर आज स्वदेश फर्किएका छन् । उनको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन ।

सोमबार नेपाल आएका चिनियाँ उपविदेशमन्त्री वेइडोङले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन योजना दस्तावेजबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए । उनले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे । 

उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने क्रममा गत सोमबार नेपाल आएका थिए । नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका उनले प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड',राष्ट्रपति रामचन्द्र पौडेल,परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतसंग भेटवार्ता गरे । 


 

ADVADV

सम्बन्धित खबर

Advertise